हल्दीबारी मीडिया/राजबिराज / नेपाल भारत मैत्री संगठनको आयोजनामा तीन दिवसीय ब्दितीय अंतर्राष्ट्रीय सास्कृतिक संगम पौषको तृतीय सप्ताहमा भारतको बृन्दावनमा हुने भएको छ ।

कार्यक्रममा नेपाल भारतका पांच सय भन्दा बढिंको संख्यामा सहभागी हुने उक्त अंतर्रार्ष्ट्रीय सास्कृतिक संगम भव्य रुपले मनाउन आवश्यक तैयारी सुरु भएको जानकारी सांगठनकी नेपाल प्रभारी अर्चना सिंहले दिइन ।

नेपाल भारत मैत्री संगठनका अंतर्राष्ट्रीय अध्यक्ष अनूप कुमार सिंह ब्दारा भारतको नया दिल्लीमा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच लोगो सर्वाजनिक गरिएको छ ।

सो लोगोमा दुबै देशका राष्ट्रिय ध्वजा सहित ” देश भेष भाषा अनेक, फिर भी सास्कृतिक एक ” भन्ने नारा राखिएको छ । लोगोमा भगवान श्रीकृष्णको नगरी बृन्दावन प्रतिबिम्वित हुने मयूरको प्वाख बासुरीलाई आकर्षक रुपबाट प्रस्तुत गरिएको सम्बन्धमा संगठनकी सदस्य तथा महिला अधिकारकर्मी सुनिता शाह क्रांतिले बताइन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार