हल्दिबारी, १६ मंसिर । हल्दिबारी गाउँपालिका वडा नं. ३ मा रहेको कुलुङ्गे चोक देखि जम्बा चोक हुँदै चिल्ड्रेन गार्डेन स्कुल सम्मको कालोपत्रे सडक खण्डको जाँच सुरु भएको छ ।

कालोपत्रे सडक खण्डको प्रत्येक २०० मिटर दुरिमा कालोपत्रेको थिक्नेस चेक भइरहेको कुरा वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले हल्दिबारी डटकम लाई जानकारी दिएका छन।

गाउँपालिकाले फाइनल चेक जाँच गरेर मात्र निर्माण व्यवसायीको रकम भुक्तानी गर्ने भएकाले आज बाट वडाअध्यक्ष बिष्णु ओली ,वडा सदस्य अजित कुमार बिष्ट सहित स्थानीयहरुको उपस्थितिमा थिक्नेस हेरिएको छ ।

गाउँपालिकाका प्राविधिक बिक्रम राजवंशी सहित ठेकेदार र जनप्रतिनिधिले बाटोको गुणस्तर चेक गरेर रिपोर्ट बुझाउने बुझिएको छ । बाटो उकिएको र गुणस्तर नभएको ठाउँमा पुन मर्मत गरेर मात्र भुक्तानी दिने प्राविधिक राजवंशीले बताएका छन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
8
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार