मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।

सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बाटो हिँड्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको हुनसक्ने उनको भनाइ छ ।

बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले टिपेर जंगलतर्फ फ्यालिदिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार