भद्रपुर । मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको शवलाई परिवारले पहिचान गरेका हुन् ।

सो शव भद्रपुर नगरपालिका ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् । मृतकको छेउमा एउटा साइकलसमेत फेला परेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार