एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ ।

हृदयघातपछि केही दिन यता मुम्बइको तुङ्गा अस्पतालमा भर्ना भएका उनको आज विहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

५७ वर्षीय फडनिसले राति १२ बजेर ८ मिनेटमा अन्तिम स्वास लिएको सीआईडीका सहअभिनेता दयानन्द सेट्ठीले जानकारी दिए । सीआईडीमा दयाको भूमिकामा रहेका सेट्ठीले भने, ‘१२ बजेर ८ मिनेटमा उहाँले अन्तिम स्वास लिनु भयो ।’

दयाका अनुसार दिनेशको मृत्यु कतिपय महत्वपूर्ण अंगहरुले काम नगर्दा भएको हो । ‘धेरैवटा अंगले काम गर्न छाडेपछि हिजो राति भेन्टिलेटरबाट उहाँलाई हटाइएको थियो,’ दयाले भने । फडनिसको अन्तिम संस्कार मुम्बइमा गरिएको छ ।

दिनेशले सीआईडीमा फेड्रिकको भूमिका निभएपछि उनी सोही नामले चर्चित थिए । १९९८ मा सुरु भएको उक्त टेलिभिजन सिरियल २० वर्ष चलेको थियो । दिनेशले तारक मेहेताका उल्टा चस्मासहित सर्फरोस, सुपर ३० लगायतका विभिन्न फिल्महरुमा अभियन गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार