मंसिर / नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र “रक्तदाता सम्राट” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज एक बिशेष भेलाका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज पञ्चपुरी नगर समिति सुर्खेत सर्वसम्मत चयन गरि गठन गरिएको छ ।

जसमा डिल्लीराम घिमिरे अध्यक्ष,बलबहादुर बाेहाेरा उपाध्यक्ष,गाेपाल बुढा सचिव,थानीप्रसाद  घिमिरे काेषाध्यक्ष, सदस्यहरू : रेमन्त बि.सी.,लक्ष्मी बि.सी.,हेमन्त रावल,चेतन नेपाली,बीरेन्द्रकुमार जाेशी,रमेशकुमार थापा र सूर्य उपाध्याय रहनु भएको छ ।

रक्तदान कार्यक्रमकाे समेत आयाेजना गरिएको साे कार्यक्रमकाे सभापति तिलक अधिकारी रहनु भएको थियो । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारी बिशेष अतिथि र अतिथिहरूमा नेपाल रेडक्रस साेसाइटीका का.बा. सभापति प्रदीप्त पाैडेल,नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका अध्यक्ष प्रेमप्रसाद लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखाका अध्यक्ष प्रवाशकुमार शाक्य र पञ्चपुरी नगरपालिकाका निवर्तमान प्रमुख उपेन्द्र थापा हुनुहुन्थ्यो ।

महिला एवं पुरूष गरि जम्मा ४४ जनाले रक्तदाता गर्नुभएको साे कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालै मात्र “रक्तदाता सम्राट” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई नगर प्रमुखद्वारा दाेसल्ला ओडाएर फूलमाला पहराई सम्मान समेत गरिएको थियोे ।

कार्यक्रम पश्चात् आयाेजित स्थानीय द्याैडा नाचमा प्रमुख अतिथि,विशेष अतिथि,अतिथि र अन्य सहभागी सबैले सामूहिक सहभागीता जनाएर रमाईलाे गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार