दमक/ च्याम्बर अफ् कमर्स, दमक झापामा पुनः राजेन्द्रकुमार ढकाल नेतृत्वको ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मंसिर २२ गते यहाँ सम्पन्न संस्थाको दोस्रो अधिवेशनले सो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष– अजयकुमार अग्रवाल, सचिव– रामप्रसाद रिमाल, सहसचिव– ख्याम सापकोटा र कोषाध्यक्ष शम्भुप्रसाद खतिवडा चयन हुँदा सदस्यहरुमा– सन्दीप साहेवाला, नवीन सेढाईं, रिङकुमार आचार्य, विन्दु सिटौला, राजकुमार गुप्ता र कुसुम ढुंगेल चयन भएको जनाइएको छ ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रामकुमार थापाले– विकासका काम साझा भएकाले पार्टी हेर्न नहुने जिकीर गरे ।

त्यसैगरी, व्यवसायीहरुले– बैंकले बढी ब्याज लिने गरेका कारण व्यवसायीहरु मारमा परेको अवस्थामा सरकारले बैंकहरुमाथि कडाइ गर्न नसक्दा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा चेम्बरका केन्द्रीय सदस्य ओम बिमली, चेम्बरका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, आन्तरिक राजश्व कार्यालयका प्रमुख लभकुमार अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार