नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर नेपाल झापाको समाचारको बिषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको छ ।

महासंघ र प्रेस सेन्टरले मंगलबार (आज) अलग–अलग बिज्ञप्ती जारी झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको बिषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड ४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प भएको र त्यसलाई लत्याएर सञ्चारकर्मीलाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय भएको साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएको बिज्ञप्तीमा उल्लेख छ । स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार