हल्दिबारी । वैदेशिक रोजगारीबाट फर्किएका हल्दिवारीका युवाले ५० लाखको लगानीमा रेस्टुरेन्ट एण्ड वार संचालनमा ल्याएका छ्न ।

हल्दिबारी-४ का डिल्ली राम ढकालले आफ्नो २० बर्षको कतार र मलेसियाको यात्रालाई बिराम दिदै झापाको भद्रपुर-१०, लेखनाथ चोक उत्तर खानेपानी ट्याङ्कीको अगाडि ” जानुकाज झापा रेस्टुरेन्ट एन्ड वार”  संचालनमा ल्याएका छ्न्। पारीवारीक वातावरण सहितकाे रेस्टुरेन्टलाई बिदेशी स्टान्डरमा संचालन गर्न लागेकाे संचालक ढकालले बताए ।

आफ्नै ठाउँमा १० जनालाई रोजगारी सहितको रेस्टुरेन्ट सुरुगरेका ढकालले थकाली खाना रेस्टुरेन्ट प्राथमिक्तामा राख्न लागेको बताए । उनले संचालन गरेको रेस्टुरेन्टमा ७० भन्दा बढीले एकैपटक बसेर खान सक्नेछ्न ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
19
+1
29
+1
3
+1
2
+1
2
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार