झापा । पुर्वी गर्जन मिडिया प्रालिद्वारा स्थापित “एकीकृत जनक्रान्ती बलिदान कोष” बाट पत्रकार नरेन्द्र ढकाल पुरस्कृत भएका छन् । बिर्तामोडमा आज बिहिवार एक कार्यक्रमबीच पूर्वी गर्जन मिडिया प्रालिले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोषबाट युवा पत्रकार ढकाल सम्मानपत्र र नगद १० हजारसहित पुरस्कृत भएका हुन् ।

पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजकसमेत रहेका पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन्।

लामो समयदेखि झापामा रहेर सञ्चार कर्ममा क्रियाशिल ढकाललाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रिय सदस्य तथा मेची ब्युरो इञ्चार्ज सुमन सिंह सीले सम्मान पत्र प्रदान गरेका थिए भने एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्त सीले नगद प्रदान गरेका थिए ।

पूर्वी गर्जन मिडियाले प्रकाशनमा ल्याएको पूर्बी गर्जन पत्रिका सार्वजनिकीकरण कार्यक्रममा ढकाललाई नगद सहित पुरस्कृत गरिएको थियो । मिडिया प्रालिले दुई लाख रुपैयाँको “एकीकृत जनक्रान्ती बलिदान अक्षयकोष”समेत खडा गरेको छ ।

हरेक वर्ष कोषको रकम बढाउँदै जाने र कोषको रकमबाट प्रत्येक बर्ष तीन क्षेत्र जनपक्षीय पत्रकार, एकीकृत जनक्रान्तिका सहिद परिवार र कम्युनिस्ट अग्रजलाई प्रोत्साहन स्वरुप सम्मान गरिने भएको छ ।

कार्यक्रका प्रमुख अतिथि समेत रहेका नेकपा विप्लवका स्थायी कमिटी सदस्य अनिल‘सी’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लीलाराज झापाली, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्त सीले कोष स्थापना गर्नुको उद्देश्यवारे प्रकाश पारेको कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंहको अध्यक्षतामा भएको थियो ।

पार्टीका पश्चिम झापा सेक्रेटरी विनोद ‘सी’ले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वी गर्जन मिडियाका सम्पादक प्रविन अधिकारीले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार