प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले आज र भोली दुइदिनका लागि कोशी प्रदेशको नाम खारेजीको माग गर्दै २ दिन यातायात बन्दको आवहान गरेको छ। उनीहरुले भनेका छन् ,:

अटेर गरेर कसैले कुदाउछ भने, कसैले बम हान्ला, कसैले एम्बुस थाप्ला, कसैले गाडीमा आगो लाइदेला, कसैले तोडफोड गर्देला । हामी यसको जिम्मा लिँदैनौँ, बरु थप भौतिक कार्वाही थपिदिन्छौँ । आज पुलिसको आडमा कुदौला, पर्सिदेखी पुलिसले गार्ड गर्न भ्याउदैन, तेतिबेला आन्दोलनकारीले बजाउला । त्यो कमान्डरलाई हामी पुरस्कृत गर्छौं ।

यो न्याय र समानताको पक्षमा भइरहेको आन्दोलनलाई सबैले सहयोग गरिदिनु होला । हाम्रो बन्दबाट हुनगएको असुबिधाप्रति आम जनमानसमा क्षमाप्राथी छौँ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार