(फाइल तस्विर) गौरीगञ्ज । झापाको गौरीगञ्ज-४ चन्द्रवंशी टोलका जगदीश मेहताको एक विगाह खेतमा आगलागी हुँदा धान जलेर नष्ट भएको छ । बुधवार साँझ ६: ४५ बजेको समयमा मेहताको खेतमा जम्मा गरी राखिएको १ विगाह खेतको धानमा अचानक आगलागी भएको हो ।

स्थानीयले इलाका प्रहरी कार्यालय खजुरगाछीमा जानकारी गराएपछि प्रहरी टोली खटिगई स्थानीयबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ७:३० बजे आगो पूर्ण रुपमा निभाएको र आगलागीबाट १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार