काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले  सिन्धुपुरानागाउँ माध्यमिक बिधालयमा अध्यनरत ८० जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।

शनिवार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- ५, स्थित  श्री सिन्धुपुरानागाउँ माध्यमिक बिधालयमा  अध्यनरत ८० जना बालबालिकाहरुलाई करिब २ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो ।

बिधालयको कक्षा ५ सम्म  अध्यनरत  बालबालिकाको लागि ८० जोर छालाजुत्ता, ८० थान स्कुल ब्याग, ८० जोर मोजा, २५० थान  कपि र शिसाकलम  बितरण गरेको छ ।

लामो समयदेखि सेवा नै धर्म हो भन्ने मुल मन्त्र लिएर सामाजिक सेवामा अग्रसर रहेको   मिलिजुली परिवारका अध्यक्ष माधव शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा मेलम्ची नगरपालिका  ५ का वडा अध्यक्ष राजु रायमाझी,  बिधालय ब्यबस्थापन समितिका अध्यक्ष केशव पौडेल, प्रधानध्यापक कुमार खतिवडा, शिक्षक,  शिक्षिका, बालबालिकाहरु सहित मिलिजुली परिवारका सदस्यहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानअध्यापक कुमार खतिवडाले   गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ग्रामीण भेगका रहेका बिपन्न बालबालिका हरुको शिक्षामा महत्त्वपूर्ण सहयोग पुर्‍याउदै आएको सामाजिक  कामको प्रशंसा गर्नुभयो । साथै पछिल्लो समय सरकारी बिधालयमा शिक्षाको गुणस्तर खस्कदै गएको अबस्थामा गुणस्तर बृदिको लागि सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु रायमाझीले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको बालबालिकाको शिक्षा जस्तो महत्त्वपूर्ण कार्यको प्रशंसा गर्दै आगामी दिनमा कार्यसफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशव पौडेलले देशमा विभिन्न परिवर्तन आएर ब्यबस्था बदलिए पनि सरकरी बिधालयमा आउने बालबालिका र तिनका अभिभावकको  अबस्था उस्तै रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले कोरोना माहामारीमा सामाजिक कार्य गर्ने उद्देश्य लिएर स्थापना भएको गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा  मिलिजुली परिवारले हाल सम्म ८२ औ सहयोग हस्तान्तरण कार्य सम्पन्न गरिसकेको  जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बिपन्न  बालबालिकाहरुलाइ सहयोग हस्तान्तरणको लागि  हालसम्म महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने कोशेली छालाजुत्ता उद्योगका संचालक रबिन कुमार श्रेष्ठ र उषा श्रेष्ठलाई बिशेष धन्यवाद दिनुका साथै कार्यक्रममा आर्थिक  सहयोग पुर्‍याउने गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, रमेश थाप,  ज्ञान बहादुर लामा, सि पि अर्याल र सीता ढकाललाइ धन्यवाद दिनुभयो ।

त्यस्तै कार्यक्रममा सहयोग पुर्‍याउने  सुमन थापा, अजय पाण्डे, सुवास श्रेष्ठ, सोनिया चामलिङ राई, दिपु उप्रेती, अप्सरा थापा र योगेन्द्र श्रेष्ठलाइ विशेष धन्यवाद दिनुभयो तेस्तै सहयोग पुर्‍याउने सम्झना गौतम, गोमा रिजाल, रुपा तुलाधर, राजिव उदास, बिना पौडेल, रेनु पान्डे, शान्ता कुमारी वाइबा, दिपक काफ्ले र गोमा खडका  लगायतलाई धन्यवाद दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार