हल्दिवारी , पुस १ । हल्दीवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवं हल्दिवारी माद्यामिक विद्यालयका पुर्व विद्यार्थी मान बहादुर बन (महेन्द्र) ले आफ्ना स्वर्गीय मातापिताको नाममा अक्षयकोषको स्थापन गर्नु भएको छ ।

आज सम्पन्न हल्दिवारी माविको ५१ औं वार्षिकोत्सबको अवसरमा बनले स्वर्गीय मातापिता जगत बहादुर बन र नरमाया बनको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाको लागि विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाख्रिनलाई रकम हस्तान्तरण गर्नु भएको छ ।

उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकम प्रत्येक वर्ष मुटु, दम र स्वास प्रस्वास रोगबाट पीडित विद्यार्थीलाई प्रदान गर्ने गरि अक्षयकोषको स्थापना गरी विद्यालयलाई जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत बनले बताउनुभयो ।

सोही अवसरमा विद्यालयका पुर्व विद्यार्थी खगेन्द्र दाहालले आफ्ना मातापिता हरि प्रसाद दाहाल एवं पिङ्गलादेवी दाहालको स्मृतिमा समेत अक्षयकोषको स्थापना गर्नु भएको छ । स्वर्गीय हरि प्रसाद दाहाल हल्दिवारी माविका पुर्व शिक्षक समेत रहनु भएको थियोे । दाहाल दम्पतीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

हल्दिवारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षता एवं कोशी प्रदेश सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्यतामा बिधालयको ५१ औं वार्षिकोत्सब आज भव्यताका साथ सम्पन्न भएको छ ।

साेही अवसरमा विद्यालयले दुईजना सक्रिय अभिभावक, ६ जना शिक्षक साथै पुर्व शिक्षकहरू भिम बहादुर श्रेष्ठलाई विधालयमा पुर्याएकाे सहयाेगकाे कदर गर्दै सम्मान गरिएकाे थियाे भने हालै सेवाबाट अवकास प्राप्त गर्नु भएका शिक्षक साेम बहादुर तामाङ्गलाई बिदाई साथै सम्मान समेत गरिएकाे थियाे ।

विधालयकाे बार्षिक उत्सवमा आयाेजना गरिएकाे खेलकुद एवं सास्कृतिक कार्यक्रममा बिजयी विद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय छविलाल चुडाल , पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, विद्यालयका संस्थापक प्र.अ. नरेन्द्र कुमार कार्की, विधालयका प्र.अ. टंक पाख्रिन लगायतले शुभकामना मन्तव्य राख्नु भएको वार्षिकोत्सब कार्यक्रममा स्वागत मन्तव्यमा पिटिए अध्यक्ष सारदा चम्लागाईंले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्र.अ. तुलसी प्रसाद कोइरालाको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
9
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार