नेपाल पशुपंक्षि औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्ष पदमा पुन महेशलाल मेचेले उम्मेद्बारी घोषणा गरेका छ्न ।

यही पुस ३ गते सम्पन्न हुन लागेको ९ औं अधिबेशन तथा ११ औं साधारणसभाबाट १३ सदस्य नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो । झापा ,इलाम ,पाचथर र ताप्लेजुङ जिल्लामा रहेका संघ सग आवद्ध व्यवसायीहरुले अधिबेशनमा भागलिने छ्न ।

दुई बर्षे कार्यकाल रहेको शाखाको अध्यक्षमा मेचेले पुन उम्मेद्बारी घोषणा गर्दै आफुले गरेको कार्य र आगामी बर्ष निर्वाचित भएपछि गर्ने कार्यक्रम समेतको प्रतिबद्धता जाहेर गरेका छ्न ।

: अध्यक्षको उम्मेद्बार घोषणा सगै उनको कार्यकालमा सम्पन्न गरेका महत्वपूर्ण कार्यहरु यसप्रकार रहेका छ्न –

१. नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३औ राष्ट्रिय महाधिवेशन तथा ३१औं वार्षिक साधारण सभाका लागि मिति २०७८ फागुन २० र २१ गतेका दिन भैरहवाको बोधी रेडसन होटलमा मेची शाखा कार्यसमितिबाट ७ जना सहित जम्मा २३ जनाको उल्लेखनीय उपस्थिति जनाइयो ।

२. नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय समितिको आयोजनामा मिति २०७९ जेठ ११ गते ईन्द्रेणी फुडल्याण्ड काठमाण्डौमा भएको संयुक्त बैठकमा आफ्‌नै खर्चमा मेची शाखा कार्यसमितिबाट अध्यक्ष र सचिवद्वारा सहभागिता जनाइयो ।

३. औषधि व्यवस्था विभागमा दर्ता भएका भेटेरिनरी व्यवसायीक अभिमुखीकरण तालिमको माग गर्दै ३ पटक सम्म डेलिगेशन गइयो। तर केन्द्र, शाखा, तालिम केन्द्र तथा औषधि व्यवस्था विभार्गावच आवश्यक समन्वय हुन नसक्दा २ ओटा बाहेक अहिले सम्म अन्य तालिम भने संचालन हुन सकेन ।

४. नेपाल पशुपन्छी औषधि व्यवसायी संघ प्रदेश नं. १ सँगको संयुक्त बैठकमा २ र १ गरी ३ पटक सहभागी भई आवश्यक कार्ययोजना उपर छलफल गरियो। जसमध्ये तालिमको लागि आवश्यक डकुमेन्टहरु संकलन गर्ने तथा केन्द्र सँग राख्नुपर्ने कुराहरुलाई जोडदार रुपमा उठाउँदै २ ओटा तालिम संचालन गर्न सफल भइयो । साथै अन्तिम बैठक शाखा अधिवेशन तथा प्रदेश अधिवेशनको छलफल गरियो ।

५. मिति २०७९ असार ११ गते भद्रपुर गौशालामा NVA १ नं. प्रदेश तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरसँगको सहकार्यमा २४० गाईगोरुलाई स्वास्थ्य परीक्षण, नमुना संकलन तथा रु. ५४ हजार बराबरको निशुल्क खोप र विभिन्न औषधि उत्पादक कम्पनी तथा वितरकहरुको सहयोगमा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरियो ।

६. मिति २०७८ माघ १५ गते देखि भद्रपुर न.पा., हल्दिबारी गा.पा. तथा विर्तामोड मुक्तिचोक एरियामा रेबिज सप्ताहको अवसर पारी चोक तथा गल्लीमा रहेका बेवारिसे ३८० कुकुरहरुलाई रोटरी एण्ड रोटऱ्याक्टको सहकार्यमा रिफ्लेक्टिङ्ग कोलर्स, फिडिङ र एन्टी रेबिज भ्याक्सिनेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।

७. औषधि व्यवस्था विभाग विराटनगरद्वारा मिति २०७९ असार २२ र २३ गते पशुपन्छी औषधि व्यवसायीलाई लक्षित गरी आयोजित औषधिको समुचित प्रयोग सम्बन्धि २ दिने पुनर्ताजगी तालिममा कार्यसमिति मेची शाखाको संयोजनमा ६ जना व्यवसायी साथीहरुलाई सहभागी गराईयो ।

८. नेपाल पशुपन्छी औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको ३२औं वार्षिक साधारण सभा तथा स्थापना दिवसका अवसरमा मिति २०७९ पौष २४ गतेका दिन काठमाण्डौमा आयोजित कार्यक्रममा मेची शाखा, १ नं. प्रदेश कार्यसमिति तथा व्यवसायी सदस्यहरुबाट १३ जनाको उल्लेखनीय सहभागिता जनाउदै बन्द सत्रमा प्रदेश अध्यक्ष, प्रदेश सचिव र मेची शाखाका अध्यक्षबाट शाखाको अधिकारको पक्षमा बुलन्द रुपमा प्रश्न उठाउदै मेची शाखाको प्रस्तावद्वारा सदस्यता नविकरण चापतको रकम ४०% बाट ३५% मात्र शाखामा रहने गरी विधानमा संशोधन गराउने महत्वपूर्ण प्रस्ताव पारित गराउन सफलता हासिल गरियो । अबदेखि शाखामा नविकरण बापतको रकम ४०% शाखामा रहनेगरी व्यवस्था गरियो ।

९. नेपाल पशुपक्षी औषधि व्यवसायी संघ, मेची शाखाको दशौं वार्षिक साधारण सभा उधोग कृषि तथा सहकारी मन्त्री,कृषि मन्त्रालयका सचिव,पशु पन्छी निर्देशनालयक प्रमुख निर्देश,सघका केन्द्रिय अध्यक्ष लगायत पदाधिकारी,कोसि प्रदेशका पदाधिकारी र शाखाको पदाधिकारी तथा सदस्य ज्युहरु लगायत सम्पूर्ण व्यवसायीको उपस्थिति मा भब्य र सब्य रूपमा सप्पन्न गरीयो।

: साथै उनका भावि कार्ययोजनाहरु – 

१. लामो समयदेखि पसल सञ्चालन गरेका तर व्यवसायीक दर्ता प्रमाण पत्र लिन नपाउनु भएका व्यवसायी साथीहरुलाई पशु औषधि व्यवसायी तालिममा सहभागी गराउने । (हाल यो २ ओटा सञ्चालन भईसकेको छ )
२. व्यवसायी अभिमुखीकरण तालिमलाई सुचारु गर्ने।

३. सरकारी अनुदान तथा सेवालाई लक्षित वर्गसम्म पुयाउन आवश्यक पहलकदमी गर्ने ।

४. पशुपन्छी व्यवसाय तथा सम्बद्ध व्यवसायीहरु धरापोन्मुख भैरहेको अवस्थालाई हेरी समग्र पशुपन्छी व्यवसाय प्रति आशा तथा भरोसा जगाउन विभिन्न समन्वयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।

५. शाखाको तर्फवाट भित्रे पात्रो प्रकाशनलाई पुनः सुचारु गर्ने ।

६. दैवी प्रकोप तथा भैपरि आउने दुर्घटनामा व्यवसायी साथीहरुलाई सकेसम्म सहयोग होस् भन्ने उद्देश्यले सञ्चालित कोषलाई अझ सशक्त रुपमा अघि बढाउने ।

७. संस्थाको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरीद लगायतका कामका लागि सम्बद्ध व्यवसायी, मन्त्रालय तथा सरकारी निकायसम्म सहयोगको लागि आवश्यक पहलकदमी गर्ने ।

८. थोक तथा खुद्रा व्यवसायी विचका व्यवसायीक असमझदारीहरुलाई नीति नियम बनाएर नै आवश्यक सुधार गर्दै जाने ।

९. बजारमा देखापरेका अत्यावश्यकीय औषधिहरुको अभावलाई परिपूर्ति गर्न सम्बन्धित निकायसम्म आवाज सहित पहलकदमी गर्ने ।

१०. विभिन्न व्यवसायी सम्बद्ध संघ-संस्थाहरुसाग सहकार्य गरी अघि बढ्ने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार