बिर्तामाेड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ११ औं साधारण सभा तथा ९ औं अधिवेशन संघका अध्यक्ष महेशलाल मेचेको अध्यक्ष तथा संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

संघको केन्द्रिय महाअधिवेशन सम्पन्न गर्नको लागी देशैभर साधारण सभा तथा अधिवेशन भईरहेको छ । मेची शाखामा मात्रै १०० भन्दा बढी सदस्य रहेका छन् भने झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गमा ब्यवसाय गर्ने ब्यवसायीहरुको यस अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ । ९ औं अधिवेशन तथा ११ औं बार्षिक साधारण सभामा संघका अध्यक्ष महेशलाल मेचेले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेन एवं कोषाध्यक्ष भुवन सिंह कार्कीले प्रस्तुत गर्नु भएको कोषाध्यक्षको बार्षिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । साधारण सभालाई प्रमुख अतिथि पुर्णचन्द्र सापकोटा केन्द्रीय उपाध्यक्ष रितेश रिमाल, धना अधिकारी, केन्दिय महासचिव नारायण भुजेल, केन्द्रिय सचिव दिनेश कट्टेल, केन्द्रिय कोषाध्य सोना सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संघका उपाध्यक्ष पुण्य प्रसाद भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव डेनु मगरले गर्नु भएको थियो । आजै सम्पन्न हुने मेची शाखाको निर्वाचन सर्व सम्मत हुन नसकेपछी आजै सम्पन्न गर्ने गरी निर्वाचन समिति तयार गरि प्रक्रिया अगाडी बढाइएको पत्रकार समेत रहनु भएका संघका पुर्व केन्द्रिय उपाध्यक्ष उमानाथ भण्डारीले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार