✍ पवन गिरी । हात्तीकै कारण मानिसले कहिले सम्म कति ओटा ज्यान घुमाउने। स्थानीय, प्रदेश तथा संघीय सरकार किन मौन । जङ्गली हात्तीले दिनहुँ रूपमा ठाउँ ठाउँमा मानिसको ज्यान लिरहेको छ । अब फेरि हात्ती द्वन्द्वकै कारणले ज्यान घुमाउने की आफू सचेत हुने।

हात्तीको मानिसलाई आक्रमण गर्ने अवस्था:
-हात्तीहरु कोमल स्वभावका हुन्छन् तर तिनीहरू उत्पीडन, कमजोर वा खतरा महसुस गर्दा तिनीहरू मानिसप्रति आक्रामक हुन सक्दछन्।
– भालेलाई मात चडेको अवस्थामा अत्यन्त आक्रामक हुन्छ।
– आपसमा जुधेर हारेको हात्ती रिसाहा र आक्रामक हुन्छ यस्तो बेला मानिसलाई पनि आक्रमण गर्न सक्दछ।
-सानो बच्चा साथमा भएको अवस्थामा वा आफ्नो बच्चा हराएमा वा मरेको आवस्थामा।
– भाले लाग्ने अवस्थामा।
– जम्का भेट भएमा अथवा अचानक हात्तीको नजिक पुगेको अवस्थामा।
– चरिरहेको बेला जिस्काएमा वा होहल्ला गरेमा।
– हात्तीलाई जिस्काउने, धपाउने गरेमा रिसाएर, डराएर वा तर्सेर आक्रमण गर्नसक्छ।
– आफु असुरक्षित भएको महशुस गरेको आवस्थामा हात्ती बढी आक्रामक हुन्छ।
– पहिले आगोको अगुल्टो वा कुनै वस्तुले हानेको भए त्यस्तो वस्तु देख्नासाथ हात्तीले आक्रमण गर्नसक्छ।
– हात्तीमा इख राख्ने र बदला लिने भावना हुने भएकोले आफूलाई जिस्क्याउने वा लखेट्ने वा दुःख दिने मान्छेको आवाज वा गन्ध पहिचान गरी धेरै पछि सम्म पनि आक्रमण गर्न सक्छ।

हात्तीले मानिसलाई आक्रमण गर्ने तरिका:
– रिसाएको हात्तीले सुड भुइँमा पड्काउँदै धूलो छर्दछ। कान ठाडो पार्दै आगडितिर ल्याउँछ र जोडले कराएर आक्रमण गर्दछ।
– सुडले हानेर मान्छे लडाउँछ अनि खुट्टाले थिच्न र सुडले समातेर च्यात्ने गर्दछ।
– भाले हात्तीले मान्छेलाई भुइँमा ढाले पछि दाराले घोचेर आक्रमण गर्दछ।
– हात्तीले रुखको हाँगा वा ढुंगा वा अगाडि जे पाउँछ त्यो समातेर प्रहार गर्दछ।
– कहिलेकाहीं सुडले बेरेर मानिसलाई पर पुग्नेगरी हुत्याइदिने वा पछार्ने पनि गर्दछ।
– हात्ती रिसाएको बेला घर भत्काउने, आफ्नो अगाडि जे छ त्यही ढाल्ने पनि गर्दछ।
– सामान्यता पोथी भन्दा भाले हात्ती बढी आक्रामक हुन्छ।

हात्तीको आक्रमणमबाट बच्ने उपाय:
– हात्तीसँग जम्काभेट भएमा आफूसँग भएको समान ( टोपी, लुगा, झोला, चप्पल आदि) फ्याक्ने र उकालो वा ओरालो वा ढुङ्गे बगरतिर भाग्ने।
– हात्तीले छोटो दूरीसम्म मात्र लखेट्छ धेरै परसम्म लखेट्दै पछिपछि आउँदैन।
– ढलेको ठूलो रुखमुनिबाट भाग्ने।
– पुलपुलेसा तरेर भाग्ने।
– हावाको विपरीत दिशातिर भाग्ने।
– जंगल जाँदा हात्तीको ताजा पाइला वा दिशा याद गर्ने, सतर्क रहने र हात्ती भएको गएको दिशातर्फ नजाने। साथै रुख भाँचेको, सुड बजारेको वा घुरेको पनि सुन्न सकिन्छ । यस्तो आवाज सुनेमा सतर्क हुने।
– बिहान पूरा उज्यालो भएपछि मात्र घर बाहिर निस्कने।
– कुनै काम बस रातको समयमा बाहिर निस्कन परेमा बाहिरी अवस्था बारे जानकारी राखेर मात्र निस्कने।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
17
+1
18
+1
2
+1
2
+1
6
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार