काठमाण्डाै – पोखराबाट काठमाण्डौका लागि उड्न लागेको बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाण्डौ उड्न लागेको उडान नम्बर–६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका बुद्धएअरले जनाएको छ ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभयो । के कारणले यात्रुले आकस्मिक ढोका खोलेको खुलेको छैन ।

यसबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले थप अध्ययन र अनुसन्धान गरिरहेका पनि कर्णले बताउनुभयो । यो जहाज प्राविधिकले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भैरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार