कनकाई । झापाको कनकाईमा कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ । कनकाई नगरपालिका-५ स्थित तुलसीवारिमा सञ्चालित छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९ः२० बजेको समयमा आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको छ ।

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेको थियो । फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आगलागीबाट चौपायासहित कुनै मानवीय क्षति नभएको उनले बताए ।

आगलागी बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको गरी तीन वटा दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा राती १०ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार