झापा । झापाको हल्दिबारी गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाअन्तर्गत हल्दिबारी–२ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कर्मचारी पाथल राजवंशीको बुधवार जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिएको हो । पालिकाका अधिकृत राजन न्यौपानेका अनुसार आज गाउँ कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू (अत्यावश्यक सेवा बाहेक) मा शोक बिदा दिएको जानकारी दिए ।

वि.सं.२०४९ सालदेखि स्थायी रुपमा कार्यालय सहयोगी पदमा कार्यरत हल्दिबारी-२ स्थित पाराखोपी निवासी अन्दाजी ५५ वर्षीय राजवंशी बुधबार बिहान ४ बजे मर्निङ्ग गर्न निस्किएका थिए । बिहान निस्किएका राजवंशी घर नफर्किएपछि उनको खोजी गर्ने क्रममा घर नजिकैको नालामा उनको शव झारले छापेको अवस्थामा फेला परेको थियो । उनलाई हात्तीले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार