झापाको हल्दिबारी -३ मा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर मा गए राती चोरी भएको छ ।

मन्दिर भित्र दान पेटिका मा राखिएको पैसा र साउन्ड बक्स (एमपी फाइर ) चोरी भएको जलथल प्रहरी चौकीका प्रमुख देबेन्द्र आङ्दाम्बेले बताएका छन।

घटनास्थलमा एक थान फलामको रड भेटिएको छ । रडले मन्दिरको मुल गेडमा राखिएको ताला फुटाएर दान पेटिका बाट पैसा र साउन्ड बक्स चोरिएको बुझिएको छ ।

वडा अध्यक्ष बिष्णु ओली,जलथल प्रहरी चौकी देबेन्द्र आङ्दाम्बे ,मन्दिर समितिका पदाधिकारी र स्थानीयले घटनाको अवलोकन गरेका छन।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
13
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार