झापा । मेचीनगरमा जङ्गली हात्तीले घरको सटर भत्काएको छ । बिहीबार मध्यरातमा एउटा हात्तीले मेचीनगर नगरपालिका-३ स्थित बडारखाल टोल निवासी धनमाया तामाङको एक तले पक्की घरको सटर र झ्यालको सिसा भत्काएको प्रहरीले जनाएको छ ।

हात्तीले  सटर र झ्यालको सिसा भत्काउँदा १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट भृकुटीका प्रहरी वरिष्ठ हवल्दार बाबुराम चौधरी नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा हात्ती धपाएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
5
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार