शुन्दर निचाझोडा गोलधाप सामुदायिक बन उपभोक्ता समुहको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित बनको साधारणसभामा प्रमुख अतिथी कोशी प्रदेशका सांसद एकराज कार्कीले प्रकृतिले दिएको सम्पत्ति जनताको सम्पती बनाउन नसकेको उल्लेख गरे ।

उनले सामुदायिक बन उपभोक्ताको मेहनत र योजनामा बनको रुपान्तरण केन्द्रित हुने बताए । समुहका अध्यक्ष बद्री प्याकुरेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी योजना प्रस्तुत गरेका थिए । उनले अघिल्लो कार्यसमिति लाई अख्तियार अनुसन्धान आयोगमा बेनामे मुद्दा परेको र डेढ बर्ष मुद्दा फस्योर्ट गर्ने समय खेर गएको बताए । अघिल्लो महिला कार्यसमितिले काम गर्दा लागेको २६ लाख ऋण आफ्नो समितिले तिर्नुपर्ने दायित्व भएकाले जसमध्ये अब ८ लाख तिर्न बाकिँ रहेको उल्लेख गरे । कोषाध्यक्ष जानुका बाराकोटीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक बर्ष २०७९/८० मा समूहले ४७ लाख ४५ हजार ७ सय ५५ रुपैयाँ कारोबार गरेको उल्लेख गरिन ।

अध्यक्ष प्याकुरेलको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल,वडा सदस्य राजनैतिक दलका प्रमुख लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बन समितीका पुर्व प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार