हल्दिवारी ( गोलधाप ) ,८ पौष । हल्दीवारी गाउँपालिका वडा नम्बर १ मा तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय  परिषदको  आयोजनामा बृहत सांस्कृतीक मेलाको गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घाटन गर्नु भएको छ ।
सा्स्कृंतिक कार्यक्रमले स्थानीय तहको बिकासमा ठुलो टेवा पुग्ने बताउदै सबै धर्म सास्कृतिक  बिकासमा गाउँ पालिकाले सधै सहयोग पुर्याउदै आएको बताउनु भएको छ ।
आजबाट शुरु भएको मेला  पौष २० गतेसम्म संचालन हुने छ भने नेपालका ख्याति प्राप्त कलाकार प्रमोद खरेल , राज पायल राई , मिलन नेवार ,  लगायतले बेजोड प्रस्तृती दिने छ्न ।
उद्घाटन कार्यक्रमलाई गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन , वडा न १ का अध्यक्ष देबि बहादुर थापा, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ,तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय  परिषद जिल्ला सम्योजक टीकाराम गुरुङ लगायतले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
 परिषदका हल्दिबारी अध्यक्ष गोपालधन गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राम गुरुङले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण रुकुम गुरुङको रहेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार