झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल परिसरमा तनावग्रस्त बनेको छ । उपचाररत एक महिला बिरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरूले मंगलबार बिहान अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । उनीहरूले उपचारका संलग्न चिकित्सकमाथि कारबाहीको माग गरिरहेका छन् ।

अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । अस्पतालको लापरबाहीले बिर्तामोड नगरपालिका- ९ निवासी अन्दाजी ३४ वर्षीया नर्वदा बाँस्कोटाको मृत्यु भएको परिवारजनको आरोप लगाएका छन्। घुँडामुनि सुन्निएर नर्वदालाई सोमबार बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।  बिरामीको मृत्युको कारण अस्पताल प्रशासनले सार्वजनिक गरेको छैन ।

लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको उनको आरोप छ । अहिले अस्पतालको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल चलिरहेको मृतकका मामा ओझाले बताए । मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
8
+1
2
+1
4
+1
58
+1
8

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार