हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं३ मा रहेको ढडुवा बजार क्षेत्रमा होडिङ्ग बोर्ड राखिएको छ ।

बजारको पुर्व र पश्चिम हुलाकी राजमार्गमा बोर्ड राखिएको थियो।बोर्डमा ड्राइभ स्लो र बजार क्षेत्र भित्र २० कि.मि कायम गरी यातायातका साधन कुदाउन आग्रह गरिएको र बजारको पहिचान खुल्ने गरी बोर्ड राखिएको हो।

हिजो एक कार्यक्रमको विच बजार व्यवस्थापन समितिको अगुवाइको काम भएको बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले बताएका छन।

बोर्ड राख्ने कार्यमा वडा नं-३ का वडा अध्यक्ष बिष्णु ओली, बजार व्यवस्थापन समितिका पदाधिकारी , व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो।

पछिलो समय ढडुवा बजार व्यवस्थापन समिती गठन पश्चात् बजारमा निरन्तर सक्रिय रुपमा बजार लाई व्यवस्थापन गर्ने कार्यसमिति अगि बढी रहेको कुरा स्थानीयहरुले बताउदै आएका छन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार