हल्दिवारी, १० जेठ । हल्दिवारी २ मा रहेको क्यानरी एकाडेमीलाई शुद्ध खानेपानी प्लान्ट हस्तान्तरण गरिएको छ ।

वातावरण संरक्षण केन्द्र रौतहटको सहयोगमा क्यानरीलाई करिब १० लाख मुल्य वरावरको खानेपानी प्लान्ट सामाजिक अभियान्ता एवं नेकपा एमाले हल्दिवारी गाउँ कमिटी उपाध्यक्ष महेसलाल मेचेले हस्तान्तरण गर्नु भएको छ ।

मेचेको पहलमा आजसम्म हल्दिवारीका ६ वटा सामुदायिक तथा २ वटा सस्थागत विद्यालयमा शुद्ध खानेपानी प्लान्ट जडान गरिसकेको छ ।

विद्यालयका प्रिन्सिपल टीका चुडाल भट्टराईको अध्यक्षता एवं महेसलाल मेचेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयलाई खानेपानी प्लान्टको उपकरण मेचेले हस्तान्तरण गरेका हुन ।

पछिल्लो समय सामाजिक अभियान निकै सक्रिय मेचेले ६ हजार सुधारिएको चुलो समेत आफ्नै पहल कदमीमा ल्याएर धमाधम बितरण समेत गर्दै आएका छ्न ।

प्लान्ट हस्तान्तरण कार्यक्रममा प्रमुख आतिथी समेत रहेका मेचे , पृन्सिपल चुडाल , जुरेस उपाध्यक्ष इसा कार्की र बाल क्लब अध्यक्ष पुस्पा दङ्गालले मन्तव्य राख्नु भएको थियो ।

विद्यालयका सहायक प्रिन्सिपल मोहन बेघाले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका फाउन्डर मोहन भट्टराई, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
7
+1
0
+1
0
+1
0
+1
3

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार