बिर्तामोड , १२ पौष । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले झापाको बिर्तामोडमा आफ्नो शाखा बिस्तार गरेको छ ।

बिर्तामोड नगर उप- प्रमुख नगेन्द्र प्रसाद सङ्गौलाले आज एक कार्यक्रमको बिच शाखाको उद्घाटन गर्नु भएको छ । नेपालमा लघुविमा व्यवसाय विकास ,प्रबर्द्धन तथा व्यवस्थापन गरि न्यून आय भएका वर्ग ,पिछडिएको क्षेत्रका वासिन्दा तथा सीमान्तकृत समुदायको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गरि सो बर्गका मानिसहरूको जीवनस्तर माथि उकास्ने मुख्य उदेश्य रहेको इन्स्योरेन्सले जनाएको छ ।

विर्तामोडमा रहेको खड्का कम्प्लेक्सकाे दाेस्राे तला आजैबाट शाखामा आफ्नो काम सुरु गर्ने बताईएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेस कुमार रोक्काको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका नगर उपप्रमुख नरेन्द्र प्रसाद सङ्गौला , संस्थाका प्रशासन प्रमुख टेक प्रसाद गुरागाई , सानिमा बैंकका प्रवन्धक माधव वाग्ले , आईजिआई इन्स्योरेन्सका प्रवन्धक दिपक पोख्रेल ,क्रेस्ट माइक्रो लाइफका शाखा प्रमुख कमल बहादुर बुढाथोकीले शुभकामना मन्तव्य राख्नु भएको थियोे । शाखा उद्घाटन कार्यक्रमको सहजीकरण विर्तामोड शाखा प्रमुख लोकेन्द्र अधिकारीले गर्नु भएको थियोे ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार