हल्दिबारी, १२ पौष । हल्दिवारी गाउँपालिकामा ५५ सय सुधारीएको चुलो आज सम्म वितरण गरिएको सामाजिक अभियान्ता तथा चुलो ल्याउन पहल कदमि गर्ने महेशलाल मेचेले बताएका छन् ।

आज मात्र हल्दिबारी ५ र हल्दिबारी २ को शम्भु चोक र बेलागडामा ५ सय चुलो बितरण गरिएको छ । उधोग बाणिज्य संघ हल्दिबारीका कार्यकारी सदस्य एवं हल्दिवारी –४ का पुर्व जनप्रतिनिधि समेत रहेका मेचेको पहलकदमीमा हल्दिवारीका परम्परागत चुलो प्रयोग गर्ने लक्ष्यित समुदाय, चिया मजदुर तथा विपन्न परिवारलाइ चुलो वितरण गरीएको छ । उनकै पहलकदमीमा हल्दिबारीका ६ वटा सामुदायिक विद्यालयहरु हल्दिबारी मा.वि., लक्ष्मि मा.वि., महेन्द्र मा.वि., जनजागृति मा.वि., सरस्वती मा.वि., गरमकालि आ.वि. र सामुदायिक तर्फ क्यानरि एकेडेमि र चिल्ड्रन गार्डेन अंग्रेजी विद्यालयलाई शुद्ध खानेपाने खुवाउने हेतुले खानेपानि प्लान्ट उपलव्ध गराएर जडान गरिसकिएको छ ।

Environment protectoin center Nepal को सहयोगमा  हल्दिवारीमा प्रतिगो६ा ५५ सय मुल्य बराबरको ६ हजार सुधारिएको चुलो मध्ये आज सम्म ५५ सय चुलो वितरण गरिसकिएको र चाँडै ५ सय चुलो उपलव्ध गराउने संस्थाका झापा संयोजक अमर मेचेले जानकारी दिए ।

सुधारिएको चुलो हल्दिवारीमा ल्याउन पहल कदमी गर्नु हुने महेसलाल मेचेका अनुसार खानेपानि र चुलोमा मात्र ४ करोड भन्दा बढीको संस्थाले लगानि गरि सकेको छ भने सुधारिएको चुलो नपाउनेलाई इन्डक्सन चुलो चाडै वितरण गर्न लागिएको समेत उनले जानकारि दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार