जलेश्वर, १३ पुस : महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार