हल्दिबारी, १३ पाैष । झापा हल्दीबारी गाउँपालिका वडा नं ३ मा आज छोटो कार्यक्रम गर्दै हल्दीबारी ३ निवासी पवन गिरीको नेतृत्त्वमा र सामाजिक व्यक्तित्व अभिषेक खतिवडाको सहयोगमा हात्ती सम्बन्धी जानकारीमूलक पुस्तक करिब १०० ओटा हस्तान्तरण गरिएको छ।

वडा नं ३ का जनप्रतिनिधिहरु क्रमशः कर्ण बहादुर भण्डारी र कमला ढुंगेल साथ साथै वडा सचिव राजन खतिवडालाई सो किताब पवन गिरी र अभिषेक खतिवडाले हस्तान्तरण गरेका थिए। पुस्तकमा हातिको परिचय, यसको बानी व्यवहार, यसका प्रजाति, खानपान, प्रजनन, जीवनचक्र, यसको सामाजिक व्यवहार, यसबाट हुने जनधनको क्षति हुनका कारणहरू,हात्तीले मानिसलाई आक्रमण गर्ने अवस्था, हात्तीको आक्रमणबाट बच्ने उपाय, हात्तीबाट हुने मानवीय क्षतिका कारणहरु , हात्तीसँग सहयात्रा, हात्ती प्रति गरिने मानिसको व्यवहार परिवर्तन, मानिसले ध्यान दिनु पर्ने कुराहरु, हात्तीबाट हुने क्षतिको राहत सहयोग सम्बन्धी व्यवस्था, हात्ती बात भएको क्षतिको राहत सहयोग प्राप्त गर्न पेश गर्नुपर्ने कागजात, राहत सहयोग सम्बन्धी ध्यान दिनु पर्ने कुराहरु , हात्ती संरक्षणका चुनौतीहरू , नेपालमा हात्ती संरक्षणका चुनौतीहरु, हात्ती संरक्षणका लागि कानुनी व्यवस्था र हात्ती संरक्षण किन भन्ने कुराहरू उल्लेख छन।

“हात्ती संरक्षणमा सहभागी बनौं,
मानव- हात्ती सहअस्तित्व कायम गरौं।” भन्ने मूल नाराका रहेको पुस्तक श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार गरेको छ भने प्रकाशक उज्यालो नेपाल रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार