ललितपुर ,१३ पौष । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले प्रदर्शनमा २३ वर्षीय सुजन राउतको मृत्यु भएको बताएका छ्न । आज बिहान कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ईपीएस कार्यालय अगाडि प्रदर्शन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीसमेत प्रदर्शनकारीले जलाएको प्रहरीले जनाएको छ।

प्रदर्सनमा प्रहरीको गोली लागेर घाइते भएका राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको अस्पतालमा स्रोतले जानकारी दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार