सुस्त – सुस्त तिम्रो दिलमा हेरी रहनु म आएर बसुला
आँशुको बून्द बनेर तिम्रो नयनमा टप्पक आएर ठहरुला ।

शीशा – ओ -दिल त हो आखिर झरेर फुटयो
तिम्रो नजर -ओ – मदहोश भएर त सबले लुटयो ।

काश तिम्रो अंदाजको घायल भए म अब
बस तिम्रो नाममा यो जिंदगी,समर्पण छ जब ।

हरेक बिहान बस तिम्रो यादमा म सदा हराउछु
हतास तिमी आउने प्रतीक्षामा म पुष्पहार सजाउछु l
ओ – दिल – चुपचाप मलाई अंधेरामा रहन देउ
को छ मेरो यो दर्द बुझने -उनलाई ख़बर भन्देउ ।

प्रिय मलाई आफ्नो प्रेमपासमा सम्हालेर राखौला
म पानि भएर -बर्षाको झरी- बाढ़ी भई बगी रहूला l

-देवेंद्र किशोर ढुङगाना
भद्रपुर, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार