हल्दीबारी, १४ पौष । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले झापाको दक्षिण क्षेत्रमा रहेको जलथल जंगल आसपासको गाउँ बस्तीहरुमा बढ्दै गइरहेको हात्ती आतंक नियन्त्रणका लागि दिगो व्यवस्थापनको लागि प्रदेश सरकारले दिर्घकालिन समाधानको लागि काम गर्न लागेको बताउनु भएको छ ।

आज हल्दिबारी गाउँपालिका आई पुगेका राईले जलथल प्रहरि चौकीको भवनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउदै तत्काल मर्मत सम्भारको लागी रकम निकास गर्ने बताउनु भएको छ ।

त्यस्तै साना किसान, दुग्ध चिस्यान केन्द्रमा पुगेर मन्त्री राईले अनुदानको नाममा ठुलो रकम दुरुपयोग भएको बताउदै , असली किसान अनुदान बाट बन्चित र झोले किसानका कारण अनुदान कार्यक्रमलाई कडाइ गरिने समेत बताउनु भयो । प्रदेश सरकारले अनुदान कार्यक्रमलाई रोकेर बैक मार्फत सहुलियत दरमा रकम दिने व्यवस्था गर्न लागेको समेत जिकिर गर्नु भयो । महिला हरु द्दारा संचालित सानाकिसानको समस्यालाई समाधान गर्ने वचन बद्द्ता समेत जाहेर गर्नु भएको छ ।

एसियाकै जैविक विविधताले भरिएको जलथल जंगल अवस्थित पाथिभरा मंदिरको दर्शन पछि हात्ती आतंकलाई रोक्न लगाईएका विद्युतिय तारबार मर्मत गर्न तत्काल रकम निकासा गर्ने बताउनु भएको छ । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री राईले ६१ सय हेक्टरमा फैलिएको जलथल जंगललाई पर्यटन संग जोड्दै अगाडी बढ्नको लागी हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिका र पद्रपुर नगरपालिका संग समन्वय गरि काम अगाडी बढाइने बताउनु भएको छ ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई हल्दीबारी, भद्रपुर र कचनकवलको विभिन्न स्थानको भ्रमणमा आउनु भएको अवसरमा मैन्त्री राईलाई भेटेर जलथल जंगल आसपासको बस्तिमा जंगली हात्तीले सृजना गरेको डर, त्रास र को बारेमा जानकारी गराइएको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए।

उक्त अवसरमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, वडा नं ४ का अध्यक्ष सन्त कुमार थापा, वडा नं १ का अध्यक्ष देवी थापा, नेपाली कांग्रेस हल्दिबारीका उपसभापति होम प्रसाद चुँडाल, राप्रपा हल्दिबारी अध्यक्ष मदन मगर लगाएतले हल्दिबारीको दिगो विकासको लागि प्रदेश सरकारबाट गर्न सक्ने योजना र सहयोगको लागि मन्त्री राईलाइ अवगत गराएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार