अव्यवस्थित पार्किङ रहेको बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटबाट सवारी साधन चोरी भएको छ । सडकमै पार्किङ गर्ने गरिएको ठाउँबाट मोटरसाइकल चोरी भएको हो । बिर्तामोड नगर अस्पतालका कर्मचारी पवन रिजाल शनिबार साँझ ६ः३० बजे भाटभटेनीको बायाँपट्टिको पार्किङमा रहेको प्र-१-०-१२ प ५९६ नम्बरको कालो र निलो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको हो ।

अत्यधिक भीडभाड हुने गरेको भाटभटेनीका ग्राहकहरूले सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन् । आवतजावत गर्ने राजमार्गमा भीडभाड हुने गरी भाटभटेनी अगाडि गर्ने गरिएको पार्किङप्रति बिर्तामोड नगरपालिका र ट्राफिक प्रहरीले आपत्ति जनाउँदै आएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार