तिमी जनता यता , पार्टीको माला जप्दै बस्
उता नेता हरुलाई , शासन फैलाउन देउ।
सत्ताले दिन्छ भन्छ , रोजगारीको व्यवस्था
पहिले,हुकुमी शासनको , गोली त चलाउन देउ।।

पार्टीलाई धनी बनाउने , तिमी नै हौ जनता ,
देशलाई त कमसेकम , अब गरीब हुन देउ।
दरिद्रता बाटै हुन्छ , राजनीतिक द्वेषको द्वन्द्वता
पहिले, गरीब निमुखालाई , यहाँ मर्न त देउ।।

जनयुद्धमा पहिले मरे , सोझा -साझा जनता,
अब त गणतन्त्रमा , युवाहरूलाई मर्न देउ।
अहिले युवाहरू नै , घातक भए रे यो देशको
बुढा सत्ताको आगोमा , युवाहरुलाई जल्न देउ।।

टाउकाको मोल तोक्ने , मन्त्रीका छन सपना
काग्रेश ,माओवादी भन्दै , सत्तामा चढ्न देउ।
कति रणभुल्लमा बग्छौ ,ए देशका भरौटे जनता?
जन्म दिने आमाको , हिसाब किताब त लेउ।।

जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल : ३, दल्की झापा
हाल : मलेसिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार