कविता : “टोपी दिवसको शुभकामना”

टोपी दिवसको शुभकामना सबको
चुच्चे नक्सा के भयो कुन्नि तबको?
टोपी जस्तै शिर उच्चो हुनेथ्यो सबको
के होला देशको नक्सा हजुर अबको!?

सुन्दैछु फेरि देशको चुच्चे नक्सा हरायो
सपनीमा आइ किन पिता पुर्खा करायो।
के गर्दैछ कुन्नि फेरि हाम्रो नेपाल सरकार
किताबमा छापिएको थियो भन्ने सुने भरखर।।

चुच्चे नक्सा नभएर खुम्चियो हाम्रो टोपी
सम्झौ हजुर छातीमा हात राखेर एक चोटि।
झगडा गर्छन् सधै सासू र बुहारी जस्तो
चुप लागेर बस्दछ सरकार मन भो कस्तो।।

सगरमाथाको उचाई खुम्चियो चुच्चे नक्सा नभएर
कति बस्नु हजुर मनमा कुरा खेलाउदै दु:खी भएर।
जब सम्म चुच्चे नक्सा किताबमा छापिएर आउदैन
तब सम्म हामी नेपालीको मनले शान्ति पाउदैन ।।

काटेर खाइयो केक बनाइ नेपालको नक्सा
फेरि के होला अब त हुकुम गरेर नै बक्स।
नेपाल नरेहे हजुर हामी सब नेपाली नै रहन्न
अन्त्य गरे हजुर अब त मैले छैन केही भन्न।।

सगरमाथा झैँ अटल नै छ हाम्रो शिरको टोपी
छातीमा हात राखेर सबैले सोचौं त एक चोटि।
चार जात छत्तीस वर्णको फूलबारीकै सुगन्धछ
फैलिनेछ सुवास सधैं नेपालीको वर्ष कोटि कोटि ।।

धन्यवाद।
शुभ बिहानी ।

कविता राज कुमार कार्की
मे.न.पा.-१५, झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार