हल्दिवारी, २७ पौष । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीकाे स्थापना दिवसकाे अवसरमा एकदिवसीय आँखा शिविर सम्पन्न भएको छ ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा १९१ जनाले आँखा चेकजाँच गरि २८ जनालाई मोतिया बिन्दु अप्रेसनको लागि अस्पताल पठाएको उपशाखा सचीव हरिकृष्ण अधिकारीले बताए ।

रेडक्रसको बार्षिक कार्यतालिका अनुसार प्रत्येक बर्ष आँखा शिविर लगायतको कार्यक्रम संचालन हुदै आएको छ । हल्दिवारी गाउँपालिका – २ का अध्यक्ष वडा अध्यक्ष शुकलाल राजवन्सीले उद्घाटन गर्नु भएको शिविर रेडक्रस सभापति कर्णखर प्रसाईको अध्यक्षतामा सम्पन्न भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार