हल्दीबारी संबाददाता, बिर्तमोड । जनकल्याण प्रतिष्ठान एकल बिद्यालय अभियान नेपाल झापा जिल्ला समिति पुर्नगठन भएको छ ।

आज बुधबार एक कार्यक्रमको बीच पुर्नगठन भएको सो समितिको जिल्ला अध्यक्षमा शैक्षिक ब्यक्तित्व तथा समाजसेवी शंकर भट्टराई चयन भएका छन ।

त्यस्तै समितिको प्रथम उपाध्यक्षमा ईश्वरा कड़ेल, ब्दितीय उपाध्यक्षमा ईश्वर प्रसाद पोखरेल, सचिबमा खिना माया फुयल, सहसचिबमा साहित्यकार देवेन्द्र किशोर ढुङगाना र कोषाध्यक्षमा समाजसेवी एवं ब्यबसायी सत्येन्द्र कुमार कर्ण चयन भएका छन ।

बिश्व हिन्दू परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुङगेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले प्रतिष्ठान झापाको पूनर्गठीत समिति उन्नाइस सदस्यीय सहित सात सदस्यीय जिल्ला कार्य सम्पादान समिति गठन गरिएको छ ।

सनातन शाश्वत हिन्दू जीवन मूल्य, मान्यताको रक्षा एबं प्रचार प्रसार गर्ने, हिन्दू धर्म प्रति बिद्यार्थी बर्गमा चेतना अभिबृद्धि गर्नेलगायत बिबिध कार्यक्रम संचालन गर्ने, धार्मिक एकता र सदभावको सृजना गर्ने तथा समय सापेक्ष नैतिक तथा आध्यात्मिक जीवन पद्धति बारे शैक्षिक क्षेत्रमा जागरण फैलाउने मुख्य उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको जानकारी प्रमुख अतिथि ढुङगेलले दिएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार