आज २०८० पाैष १९ गते  विहीवारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसायमा प्रतिष्पर्धीहरु बलिया रहनाले केहि समस्या पर्न सक्छ। छाती दुख्ने तथा चिसोबाट स्वास्थ्य कमजोर रहन सक्छ। साथीभाईबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्न सक्छ। प्रेम तथा पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । होसियारीसाथ काम लिनुपर्ने समय छ। पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मिष्ठान्न भोजन तथा आफन्तसँग भेटघाट हुने समय छ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा हुनेछ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अनावश्यक विवादमा लाग्दा काम बिग्रन सक्छ। खर्चको मात्रा बढ्न सक्छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा मिल्न सक्छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार