हल्दिवारी, १९ पौष । हल्दीवारी गाउँपालिकाको आयोजनामा झापा जिल्लामा रहेका स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुको संयुक्त बैठक आज  सम्पन्न भएको छ ।
हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको बैठकमा हल्दिवारीले शिक्षामा गरेको प्रगति एवं बिकास निर्माणको   बारेमा जानकारी गराईएको थियोे ।
झापाका स्थानीय तहमा भए गरेका  विशेष कामको मुल्यांकन तथा अन्तरपालीका बिचमा आपसी भाइचारा ,छलफल एवं अनुभव  र असल अभ्यास आदानप्रदान गर्ने उदेश्यले कन्काई नगरपालिकाबाट शुरु भएको पालिका प्रमुख तथा अध्यक्षहरुको बैठक फलदायी बन्दै गएको  हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले बताउनु भएको छ ।
झापामा १५ पालिका रहेपनी  बैठकमा ८ पालिकाका प्रमुख एवं अध्यक्षहरुको सहभागिता रहेको थियो ।  बैठकमा सहभागी प्रमुख एवं अध्यक्षहरुले आआफ्नो पालिकामा भएको शिक्षाको बारेमा भएगरेका गतिविधिहरुको बारेमा अवगत गराउदै समग्र पालिकाहरुले एकआपसमा मिलेर गर्न सक्ने योजना  र राम्रो कामलाई अनुसरण गर्दै लैजाने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियोे ।
हल्दीवारीमा सम्पन्न बैठकमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोख्रेल , दमक नगरपालिका प्रमुख राम थापा , मेचिनगर नगरपालिका प्रमुख गोपाल  बुढाथोकी , कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोख्रेल , शिबसताशी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्रा( रोशन ) , गौरिगन्ज गाउँपालिका अध्यक्ष फुलमती राजवन्सी  , झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु थपलिया एवं हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको  सहभागिता रहेकोे थियोे ।
 प्रमुख एवं अध्यक्षहरुको दोस्रो बैठक दमकमा सम्पन्न भएको थियोभने आगामी बैठक  माघ १९ गते स्वास्थ्य सम्बन्धि भएगरेका कामको समिक्षा सहित के कसरी नयाँ काम स्वास्थ्यमा गर्न सकिन्छ भन्ने प्रतिबद्धता सहित गौरिगन्ज गाउँपालिकामा सबै १५ वटा पालिका प्रमुख एवं अध्यक्षहरुलाई सहभागिता गराउदै बैठक बस्ने निर्णय भएको गौरिगन्ज पालिका अध्यक्ष फुलमती राजवन्सीले जानकारी दिनु भयो ।
हल्दिवारीमा सम्पन्न बैठकमा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र )  ५ वटै वडाका वडा अध्यक्षहरु ,जनप्रतिनिधि , कर्मचारी ,एवं पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण एवं हल्दीवारीको छोटो चिनारी योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नु भएको थियो ।
सहभागी पालिका प्रमुख एवं अध्यक्षहरुलाई फुलमालाले स्वागत गर्नुका साथै   हल्दीवारीको चिनोको रुमा चिया र बेसार समेत   प्रदान गरिएको थियो । उपस्थित प्रमुख ,अध्यक्षहरुले पालिका भित्रका शाखाहरुको अनुगमन तथा निरीक्षण समेत गर्नु भएको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार