(फईल तस्विर) झापाको शिवसताक्षीस्थित कनकाई खोलाको किनारामा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । शिवसताक्षी–१० माइधारस्थित कनकाई खोलाको बगरमा ४५–५० बर्षको पहाडी मुलको महिलाको शव फेला परेको हो ।

शुक्रबार करिब २ बजे हेर्दा बेवारिसे अवस्थामा मागि खाने जस्तो देखिने उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुंडीराज गिरीले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरी शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार