बनियानी , २० पौष।  झापाको कचनकवल  गाउँपालिका -३ मा रहेको मोती माविमा “विद्यालय स्वास्थ्य परामर्श कक्ष”को गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवन्सीले उद्घाटन गर्नु भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमलाल राजवन्सीको सभापतित्व एवं पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवन्सीको प्रमुख आतिथ्यमा आयोजना  गरिएको परामर्श कक्ष उद्घाटन कार्यक्रममा वडा सदस्यहरु बिस्णुमाया प्याकुरेल , सोभा सुन्दास र मेघलाल राजवन्सी लगायतको उपस्थिति रहेको थियोे ।
उक्त अवसरमा २२ जना अभिभावक गुमाएका छात्रछात्रालाई  न्यानो कपडा बितरण गर्दै प्रमुख अतिथि राजवन्सीले कचनकवलका सबै विद्यालयमा स्वास्थ्य परामर्श कक्ष संचालन गर्न पालिका लागी पर्ने बताउनु भएको छ ।
किशोरीहरुको महिनाबारीलाई ध्यानमा राखी  कार्यक्रम विद्यालयमा संचालित भएको छ भने उनीहरुको स्वास्थ समस्याको बारेमा महिला शिक्षकहरु ,जेन्डर फोकल पर्सनको निगरानीमा कार्यक्रम संचालन हुने बताईएको छ ।
परामर्शलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ केन्द्र र महिला स्वयंसेवकहरुले नियमित सेवा दिने समेत विद्यालयला प्रधानाध्यापक छवि बस्नेतले जानकारी दिनु भएको छ ।
 नेपालकै होचो भुभाग एवं बहुसंख्यक आदिवासी समुदायका बालबालिका अध्यनरत मोति मावि गत शैक्षिक  बर्षमा शैक्षिक तथा व्यवस्थापकिय सुधारमा झापाकै उत्कृष्ट विद्यालय घोषित हुदै ५ लाखको प्रोत्साहन अनुदान समेत प्राप्त गरेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार