हल्दीवारी गाउँपालिकामा गुणस्तर तथा नापतौल कार्यालय झापा र हल्दिवारी उधोग बाणिज्य संघको समन्वयमा २ दिने नापतौलको डोर सञ्चालन शुरु भएको छ ।

बजार क्षेत्रमा रहेका व्यपारी तथा व्यवसायीहरुले प्रयोग गर्ने गरेको नाप र तौल तथा नाप्ने तौलने यन्त्रहरुको जाँच ,नवीकरण , अनुमतिपत्र वितरण तथा अनुगमन कार्यको आज सनिवार हल्दिवारी – १ गोलधाप बजारमा सम्पन्न भएको छ ।

हल्दीवारी वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सुमन्त मैनालीको अध्यक्षतामा सम्पन्न नापतौल शिविरमा ५० जनाले सेवा लिएका छ्न ।

यही पौष २१ र २२ गते सम्म संचालन हुने डोर ( नापतौल शिविर )मा गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादव सहितको टोलिले आज गोलधाप बजारमा निरीक्षण गरि व्यापारीहरुलाई अनुमति पत्र प्रदान गर्नु भएको थियोे ।

संघका अध्यक्ष सुमन्त मैनालीले दिएको जानकारी अनुसार भोलि बिहान ९ बजेदेखि हल्दिवारी २ स्कुल चोकमा डोर संचालन हुने छ भने १ बजेदेखि ३,४ र ५ वडाका व्यवसायीहरुले वडा नम्बर ४ को कार्यालय परिसरमा आफ्नो सामाग्रीहरुको चेकजाँच गराई अनुमतिपत्र लिन सक्नु हुनेछ ।

हल्दिवारी – १ गोलधाप बजारमा आयोजना गरिएको नापतौल शिविरमा कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता सिवाकोटी , वडा सदस्यहरु प्रकाश कुमार कार्की ,कुलबहादुर बान्तवा , रुपादेवी रसाइली , उधोग वाणिज्य संघ महासचिव कृष्ण प्रसाईं , ,सदस्य निराजन दाहाल लगायतको सक्रिय सहभागिता रहेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार