हल्दिबारी, २३ पाैष । हल्दीबारी गाउँपालिका वडा नं. २ ले आफ्नो वडामा रहेका ५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेकाे छ ।

वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरु विष्णु राई, गणेश मगर, अम्विका तोलाङ्गी सहितको टोलीले आज सरस्वती आविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेका हल्दिबारी मा.वि., सरस्वती आ.वि., नवसृजना प्रा.वि., जनता प्रा.वि., राष्ट्रिय एकता प्रा.वि.मा एक देखी पाँच सम्म अध्ययनरत ५ सय ५१ जना विद्यार्थीहरुलाई कपी, डटपेन र पेन्सील वितरण गर्न सुरु गरिएको छ ।

वडाको ०८०÷०८१ को स्विकृत ३ लाखको बजेटबाट उक्त सामाग्री खरिद गरि आज पहिलो दिन सरस्वती आधारभूत विद्यालयमै पुगेर वडा अध्यक्ष सहितको टोलीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्र.अ. गोविन्द प्रसाद बोहोरा शिक्षक, शिक्षिका र अभिभावकको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील वितरण गर्दै वडा अध्यक्ष राजवंशीले यो कार्यक्रम निरन्तर हुने र विद्यार्थीहरुलाई आवश्यक स्कुल ब्यग समेत चाँडै वितरण गर्ने वताउनु भएको छ । विद्यालयमा आवश्यक पर्ने अन्य भौतिक सामाग्रीहरु लगाएत विद्यालय सुधारका कार्यक्रमहरु गाउँपालिकाकाे समन्वयमा अगाढी बडाउँदै सवै सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा अगाडी बढाउन वडा लागि परेको वडा अध्यक्ष राजवंशीले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार