हल्दिबारी, २३ पौष । झापाकाे हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको एकता बहुउद्देश्यीय सहकारी संस्थाको रकम चोरी भएको ११ महिना पछी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उक्त सहकारीको २०७९ साल माघ २० गते मुख्य गेट फुटाई सहकारीले प्रयोग गर्दै आएको भल्ट (सेफ) फुटाई ११ लाख ७ हजार ७ सय ६३ रुपैया चोरी भएको थियो ।

सहकारीको सिसि क्यामेरा फुटेजको आधारमा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी स्रोतबाट जानकारी भएको छ । सिसि क्यामेरा फुटेजमा चोरीमा संलग्न २ जना देखीएका छन् भने प्रहरीले पक्राउ गरेका ब्यक्तिको बारेमा अनुसन्धान गरिरहेको हुँदा उनको वतन खुलाएको छैन ।

हल्दिबारीमा यस्ता चोरिका घटना दिनदिनै बढिरहेको अवस्थामा स्थानिय सरकार, प्रहरी, सरोकारवाला चनाखो बन्दै अगाडी बढ्नु पर्ने आवश्यकता देखीएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
29
+1
1
+1
1
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार