चितवनमा केही दिनअघि बोराभित्र फेला परेका दुईवटै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ। बोराभित्र भेटिएका दुईवटै शव भारतीय नागरिकको रहेको र उनीहरूलाई हत्या गरेर फालिएको अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरूको हत्या पनि भारतीय नागरिकबाटै भएको हो।

हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिलाको शव प्रहरीले चितवन भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते फेला पारेको थियो।

प्रहरीका अनुसार मृतक नागरिक भारत मोतिहारी घर भएका र  चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए। लामो समयसम्म शवको पहिचान नभएपछि प्रहरीले उनीहरूको हुलिया र स्केचसमेत सार्वजनिक गरेको थियो।

हत्यामा संलग्न व्यक्ति भारतमै रहेको र उनी भारतमै पनि अर्को एक हत्यामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ। भारतमा पनि हत्या अभियोग लागेकाले  उनी भारतकै प्रहरीको नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्‍न ती व्यक्तिसँग भारतमै पुगेर बयान लिन नेपाल प्रहरीको एक टोली बिहारमै पुगेको थियो। घटनाको सम्पूर्ण विवरण पत्रकार सम्मेलन गरेर बताउने पनि प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार