हल्दिवारी । चेम्बर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली  निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुःन दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी यस अघि पनि जिल्ला अध्यक्ष थिए । बिमलीको  नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति समेत चयन भएको हो ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली,  उपाध्यक्षमा  मोहनकुमार मित्तल र प्रदिप खरेल,घनश्याम चौधरी र भिमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेबी भट्टराई (प्रसाई) , कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सदस्य शीला ढकाल, लक्ष्मी प्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई  चयन गरेको निर्वाचन समिति सदस्य रोहित काफ्लेले जानकारी दिए ।

साधारणसभा उद्धघाटन समारोहमा कार्यक्रका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले  संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पु¥याएको योगदानबारे चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे । उनले चिया, अलैंची सहितका कृषिजन्य बस्तुको तेस्रो बजार खोज्न र निर्यातमा सहजता ल्याउन सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उद्धघाटन कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डे,  मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोला, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्ण चन्द्र काफ्ले महिला चेम्बर कमर्श झापा अध्यक्ष  प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मनतब्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष बिमलीले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विसं २०७४ सालमा झापामा  स्थापित संस्थाले व्यावसायिक हकहित, प्रवर्धन, व्यावसायिक दक्षता विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । साझा अनलाइनबाट
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार