कचनकवल । दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीले दुई वटा घर भत्काएको छ । हात्तीले गएराति कचनकवल गाउँपालिका- ३ स्थित पाठामारी निवासी विष्णु गुरुङको दुई वटा घरमा क्षति पुर्याएको छ । जङ्गलबाट निस्किएका हात्ती आहारको खोजी गर्दै उनको घरमा आएको स्थानीयले बताएका छन् । भत्काएको घरमा धान भण्डारण गरी राखिएको थियो ।
घर भत्काएपछि पीडित गुरुङ यस्तो जाडो मौसममा रातभरि जाग्राम बस्नु परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिएका छन् । घटना पश्चात् प्रहरी, ३ नं. वडा अध्यक्ष ग्यास आलम, २ नं. वडा अध्यक्ष लेखनाथ खत्री सहितकाे टोली आज बिहान क्षतिको विवरण सङ्कलन गर्न पुगेका थिए र ५ लाख बराबरकाे क्षती भएकाे वडा अध्यक्षा ग्यास आलमले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
+1
+1
+1
2
+1
1