प्राय प्राय झापा जिल्ला सगै अन्य जिल्लामा रक्त अभाव महसुस भइरहेको हुन्छ । रक्त अभाव लाई समाधान गर्ने लाई तेस्तो विकल्प खासै देख्या बुझ्या छैन ।

झापा हल्दिबारीका सामाजिक अभियानकर्मी अभिषेक खतिवडा नियमित रक्तदान गर्ने गर्छन।झापा जिल्लामा उ मात्र नभएर धेरै अभियानकर्मीहरु नियमित रक्तदाता छन।तर खतिवडा भन्ने झापाको दक्षिणी भेग हल्दिबारीबाट सानो उमेर देखि नै सामाजिक कार्यमा सक्रिय साथ परिवर्तन गर्नु पर्छ भनेर समाज प्रति केन्द्रित रहेको पाइन्छ ।

उनी जन्मदिन , विभिन्न महत्त्वपूर्ण दिवस अवसर पारेर नियमित सामाजिक काम मै व्यस्त रहेको पाइन्छ । खतिवडाले २४ औ पटक रक्तदान गरी सकेका छन।हल्दिबारीमा कसैलाई रगत आवश्यक परे प्रायको दिमागमा आउने पोहिलो नाम बनेको छ “अभिषेक”।

खासमा खतिवडाले नियमित रक्तदान गर्नुको उदेश्य भनेको उ आफू देखि पछाडिका युबा पिडिलाई नियमित रक्तदानमा सहभागी गराउन प्रेरणा मिलोस भनेर भन्ने गर्छन।

खतिवडाले बाल्य अवस्था देखि नै समाजमा रचनात्मक र सिर्जनात्मक कार्य गरेको पाइन्छ ।कहिले बाल कल्बको अगुवाइमा त कहिले युबा कल्ब र विभिन्न अभियान र संजाल बाट आज पनि उ सक्रिय छन।कहिले आफ्नै स्थानिय हाट बजार मन्दिर हरुमा बोरा बोकेर सरसफाइ गर्ने गर्थिए त कहिले पाथीभरा मन्दिर डस्टबिन राख्न पुग्थिए।

आज पनि समाजलाई हामी जस्तो युवाले केही दिनु पर्छ भनेर उनी निरन्तर समाज सेवा मै लागिरहेका छन।

खतिवडाले भन्ने गर्छन ; जन्मोत्सव , विवाह उत्सव जस्ता कार्यमा पश्चिममा शैली अनुरुप नभएर रचनात्मक र सिर्जनात्मक कार्य गरेको राम्रो हो। उनी जस्तै अबका नव पिडि सामाजिक बन्नु हाम्रो पनि शुभकामना छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार